भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने

काठमाडौं, १० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै मितिलाई अनुमोदन गरेपछि मोदी वैशाख २८ गते आफ्नो कार्यकालमा तेस्रोपटक नेपाल आउने निश्चित भएको हो । आउँदो शुक्रबार चीन भ्रमणमा जान लागेका मोदी त्यसको एक हप्तापछि नेपाल आउन लागेका हुन् ।

मोदी जनकपुरसमेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ । यसअघि सन २०१४ मा सार्क शिखर सम्मेलनका बेला मोदीले जनकपुरको भ्रमण गर्ने भनिएको भएपनि अन्तिम समयमा रद्द भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म गरेको भारत भ्रमणका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । चैत अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता हटेको भन्ने विश्वासलाई मोदीको भ्रमणले मजबुद गर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);