नेपाल, भारत र चीनसँगको त्रिदेशीय साझेदारीबाट नेपाललाई लाभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल, भारत र चीनसँगको त्रिदेशीय साझेदारीबाट नेपाललाई लाभ

काठमाडौं, १२ वैशाख । नेपाल–भारत प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराईले नेपाल, भारत र चीनसँगको त्रिदेशीय साझेदारीबाट नेपालले लाभ लिने बताएका छन् ।

एमाले नेता समेत रहेका भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि त्रिदेशीय साझेदारीको विषयमा छलफल हुने स्पष्ट पारे । उनले चीन र भारतबीच नेपालबारे बहस हुनु नेपालको लागि खुसीको कुरो भएको बताए।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीको नेपाल अघि चीन भ्रमण हुन लागेको दावी गरे । उनले केपी ओली नेतृत्वको सरकारले भारत र चीनबाट लाभ लिने गरी कुटनीतिक सम्बन्ध अघि बढाएको स्पष्ट पारे । दुवै मुलुकलाई विश्वासमा लिएर मुलुकलाई समृद्ध बनाउन सकिने नेता भट्टराईको भनाई छ ।

नेता भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे । उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा विगतमा भएका सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने विषयमा जोड दिन सरकारलाई सुझाव दिए । भारतीय प्रधानमन्त्री मोदी यही बैशाख २८ गते नेपाल भ्रमणमा आउने कार्यक्रम तय भईसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);