कांग्रेस बैठकमा पदाधिकारी मनोनयनको विषयले प्रवेश नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस बैठकमा पदाधिकारी मनोनयनको विषयले प्रवेश नपाउने

nepali congress

काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसको चालू केन्दिय कार्य समिति बैठकमा पदाधिकारी मनोनयनको विषयले प्रवेश नपाउने भएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले चालू केन्द्रिय कार्य समिति बैठकमा पदाधिकारी मनोनयनको प्रस्ताव पेश नहुने बताएका छन् । उनले बुधबार पार्टी केन्द्रिय कार्यालयमा संचारकर्मीमाझ पदाधिकारी मनोनयनको काममा ढिलाई भईरहेको केन्द्रिय सदस्यहरुले धारणा राखेपनि यही बैठकमा सो विषयले प्रवेश पाउने अवस्था नरहेको बताए ।

पदाधिकारी मनोनयनमा भने ढिलाई नहुने प्रवक्ता शर्माको बुझाई छ । उनले पदाधिकारी मनोनयनका लागि निर्वाचित केन्द्रिय सदस्यहरुको मात्रै बैठक बोलाउनुपर्ने धारणा राखे ।

काँग्रेस केन्द्रिय कार्य समितिको बुधबारको बैठकमा बोल्दै विमलेन्द्र निधि, महेश आचार्य लगायतका नेताहरुले पार्टीमाथि आईपरेको चुनौति सामना हुनेगरी पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

बैठकमा प्रवक्ता शर्माले पनि आफ्नो धारणा राख्दै पार्टीलाई गतिशील ढंगले अघि बढाउन १३ बुँदे लिखित प्रस्ताव पेश गरेका थिए । निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित चैत्र नौं गतेबाट सूरु भएको काँग्रेस केन्द्रिय कार्य समिति बैठक शुक्रबार सम्पन्न हुने अनुमान गरिएको छ ।

खुमबहादुर खड्कोको निधनका कारण काँग्रेस केन्द्रिय कार्य समिति बैठक केही समय स्थगित भएको थियो । प्रवक्ता शर्माले बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);