भारत नेपालसंग सम्बन्ध सुदृढ बनाउन चाहन्छ : राजन भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

भारत नेपालसंग सम्बन्ध सुदृढ बनाउन चाहन्छ : राजन भट्टराई

काठमाडौं, १९ माघ । नेकपा एमालेका नेता राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले संविधान जारी गर्दाको समयमा असन्तुष्ठ रहेको भारतीय सरकार नेपालसंग सम्बन्ध सुदृढ बनाउन चाहेको सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

रिपोर्टस क्लबले शुक्रबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले स्वराजको नेपाल भ्रमणले दुईपक्षीय सम्बन्धमा विगतमा देखा परेका आरोह अवरोहको भारत औपचारिक रुपमा अन्त्य गर्न चाहन्छ भन्ने सन्देश दिएको बताए ।

तात्कालिन समयमा संविधान जारी गर्ने सवाल र अन्तरनिहित विषय आन्तरिक मामिला भन्दै कार्यान्वयनमा अघि बढी तीनै तहको निर्वाचन सम्पन्न गरेको अवस्थामा नयाँ सरकार बनाउन तयार रहेको दलका नेतालाई शुभकामना तथा बधाई दिन स्वराज आउनुले भारत सम्बन्ध सुधार गरि सहकार्य गर्न तयार रहेको सन्देश दिएको उनको भनाई थियो ।

एमाले अध्यक्ष केपी ओलीको निमन्त्रणामा स्वराज नेपाल भ्रमणमा आएको चर्चा चलिरहेका बेला नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य समेत रहेका डाक्टर भट्टराईले वाम गठबन्धनलाई औपचारिक रुपमा बधाई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनालाई स्वीकार गरिएको स्पष्ट पारे ।

यसै कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);