भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै

काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् । वाम गठबन्धनले सरकार गठनको तयारी गरिरहेका बेला भारतीय विदेशमन्त्री स्वराज दुई दिने भ्रमणका लागि नेपाल आउन लागेकी छन् ।

भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्वराज आगामी बिहीबार नेपाल आउन लागेको स्पष्ट पारेको छ । स्वराजको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विज्ञप्तिमा उल्लेख छ ।

स्वराजले भ्रमणका क्रममा राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।  उनलेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आउँदैछिन्। स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);