वरिष्ठ कलाकार रिमालको राजकिय सम्मानका साथ अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वरिष्ठ कलाकार रिमालको राजकिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, १५ भदौ । वरिष्ठ कलाकार एवम् रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्व रिमालको पार्थिव शरिरमा उनका ज्येष्ठ सुपुत्र अरुण रिमालले दागबत्ती दिएका थिए । उनको अन्त्येष्टि हुँदा पशुपति आर्यघाटमा कलाकार, सङ्गीतकर्मी, चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो । वरिष्ठ कलाकार रिमालको शुक्रबार बिहान ९२ वर्षको उमेरमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको थियो ।

चर्चित नाटककारको रुपमा समेत परिचित वरिष्ठ कलाकार रिमालले बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ मा १४ वर्षको उमेर अभिनय सुरु गरेका थिए । उनले विक्रम संवत २००७ सालमा ‘मेरो दिल टुक्रा टुक्रा…’ बोलको गीत गाएर रेडियो नेपालको प्रथम गायकको रुपमा पनि आफूलाई परिचित गराउन सफल भएका थिए ।

स्वर्गीय रिमालले गाएको ‘फगत एक नजरमा’, ‘विना बादल असिना झ-यो’ लगायतका दर्जनौं गीत चर्चित छन । विक्रम संवत १९९२ असोज ३ गते पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्र रिमालले कला र गायनको माध्यामबाट रेडियो नेपालदेखि नेपाली रंगमञ्च र चलचित्र क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । उनका २ छोरा, एक छोरी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);