आज ११ औं पुस्तकालय दिवस मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज ११ औं पुस्तकालय दिवस मनाईँदै

काठमाडौं, १५ भदौ । ‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस मनाईँदैछ । पठनपाठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ शुक्रबार देशभर बिभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि ११ औं पुस्तकालय दिवस मनाईँदैछ ।

यसै अवसरमा काठमाडौंको भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयले पनि विभिन्न कार्यक्रम गरी पुस्तकालय दिवस मनाएको छ । यस वर्षको पुस्तकालय दिवस साता व्यापी कार्यक्रम आयोजना गरी मनाइएको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका पुस्तकालय अधिकृत गोविन्दराज दाहालले जानकारी दिए ।

पुस्तकालय दिवसको अवसर पारेर सरकारले पनि पठन संस्कृतिको विकासका लागि जनचेतना जगाउन निबन्ध, नृत्य, गीतलगायतका प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।

नेपालमा हाल १ हजारबाट पुस्तकालय रहेका छन् । ती सबै पुस्तकालयलाई समृद्ध बनाउने अभियान यस वर्षको पुस्तकालय दिवसको रहेको दावी पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);