वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन

bhim bdr thapa death

काठमाडौं, ३० जेठ । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । छाती तथा फोक्सो र दम रोगबाट पीडित थापा लामो समयदेखि उपचाररत थिए । बुधबार बिहान दुई बजेतिर थापाको निधन भएको हो । थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको थियो ।

थापाको आर्यघाटमा अन्तिम संस्कारको तयारी गरिएको छ । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका थिए ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं समेत लडेका थिए । थापाको निधनले नेपाली कला क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै कलाकरहरुले दुःख व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);