विश्वका घुम्न लायक शहरको पाँचौ स्थानमा काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विश्वका घुम्न लायक शहरको पाँचौ स्थानमा काठमाडौं

kathmandu

काठमाडौं, ६ फागुन । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको लोन्ली प्लानेटले तयार पारेको आगामी एक वर्षका लागि घुम्नै पर्ने संसारका उत्कृष्ट १० गन्तव्यको स्थानमा काठमाडौं पाँचौं स्थानमा परेको छ । तर अझै राम्रोसंग नेपालको पर्यटन प्रवद्र्धन गर्न सकेको खण्डमा नेपाल भबिष्यमा एक नम्बरमा पर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरको सुचिमा काठमाडौं पनि परेको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरमध्ये काठमाण्डौ उपत्यकालाई उत्कृष्ट पाँचौमा राखेको हो ।

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरे अनुसार सन् २०१९ का लागि ती गन्तव्यको सूची तयार पारिएको हो । मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय भरपर्दो बिजुली सेवा, वाईफाई लगायतको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको विवरणमा उल्लेख छ । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पुर्याएको छ ।

लोन्ली प्लानेटले एक वर्षका लागि भ्रमण गर्नैपर्ने उत्कृष्ट सहरको सूचीमा काठमाडौं पर्नुलाई पर्यटन क्षेत्रले ठूलो उपलब्धि मानेको छ । पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको सूचीमा पर्दा अन्तर्राष्ट्रिय जगतमा काठमाडौं मात्र नभई समग्र नेपालको छवि थप राम्रो बनेको छ । तर यतिले मात्रै खुसि भएर बस्न भने नमिल्ने पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटन क्षेत्रका विज्ञहरुलाइ राखेर आगामी योजना बनाएको खण्डमा नेपाल अवको नम्बर एक मा पर्न सक्ने सम्भावनाहरु धेरै रहेको व्यवसायीहरुको भनाइ छ ।

नेपाल अव सुरक्षित र सदाबहार पर्यटकीय गन्तव्यका रुपमा रहेको पुष्टि लोन्ली प्लानेटले गरेको छ । यो सूचीले नेपाल पर्यटन बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउनेमा टेवा पुग्ने बिश्वास लिएको छ । नेपाल घुम्न आएका पर्यटकहरुले पनि नेपालको हावापानी संस्कृति भेषभुषा, हिमाली सौन्दर्य, मठमन्दिर र यहाको कृषि पद्यतिले आफूहरुलाई आकर्षित गरेको बताएका छन् ।

पटक पटक नेपाल भ्रमण गर्न आएका पर्यटकहरुले पछिल्लो समय नेपाललले पर्यटनको क्षेत्रमा गरेको सुधारप्रति खुशी ब्यक्त गरेका छन । उनीहरुले आफूहरु फर्केर गएपछि आफनो मुलुकका नागरिकलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने समेत बताएका छन् । ।

लोन्ली प्लानेटको सूचिमा पहिलो स्थानमा डेनमार्कको राजधानी कोपेनहेगन सहर परेको छ भने नेपालको राजधानी काठमाडौं पाँचौं स्थानमा परेको परेको हो । काठमाडौंले मेक्सिको, सेनेगल, अमेरिका, क्रोएसिया र मोरक्ककोका सहरलाई पछाडि पारेको छ । ती सबै सहर घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको लोन्ली प्लानेटले जनाएको छ । नेपालले पर्यटनको क्षेत्रमा अझ सुधार गर्न समयमै ध्यान दिए बिश्वका पर्यटकलाई आकर्षित गर्न सक्नेमा दुइमत नहोला ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);