डकैतीमा संलग्न भएका दुई जना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

डकैतीमा संलग्न भएका दुई जना सार्वजनिक

धनुषा, ६ फागुन । जिल्ला प्रहरी कार्यालय धनुषाले डकैतीमा संलग्न भएका दुई जनालाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रदेश नं. २ को विभिन्न जिल्ला तथा सिमावर्ती क्षेत्रमा समेत डकैती गर्दै आएको २ जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय खजुरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा दुई जनालाई नियन्त्रणमा लिइए पनि अन्य ७/८ जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ४ का २४ वर्षीय सोमन पासमान र २८ वर्षिय रंजित भन्ने अरुण कमार पासवान रहेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद भएको कटुवा पेस्तोल १ थान, पेस्तोलमा लोड हुने गोली २ राउण्ड, केही लागु औषध र नगद ९ हजार ९ सय २५ रुपँैया पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);