सिद्धबाबाको नाममा नक्सा पास नगरी १२८ कोठे आश्रम निर्माण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

सिद्धबाबाको नाममा नक्सा पास नगरी १२८ कोठे आश्रम निर्माण

bhawan

सुनसरी, ७ फागुन । सुनसरीका बराहक्षेत्र स्थित चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भवनको न नक्सापास गरिएको छ न त कुनै सरकारीस्तरबाट निर्माणसम्बन्धी स्वीकृति लिइएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नाममा रहेको जग्गामा कृष्णबहादुर गिरी (स्वामी कृष्णदास महायोगी सिद्धबाबा महाराज) ले भवन निर्माण गराएका हुन् ।

नक्सापास समेत नगरी सरकारी जग्गामा जबरजस्ती बनाइएको ८ करोड रुपैयाँ लागतको १२८ कोठे आश्रम भवनको उद्घाटन माघ २६ गते राष्ट्रपतिबाट गराइएको थियो । उक्त अवसरमा नौ दिनसम्म तारक ब्रह्म महायज्ञसमेत गरियो । भवन उद्घाटनमा राष्ट्रपतिदेखि प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय तहका जनप्रतिनिधि, नेकपा कांग्रेसलगाय राजनीतिक दलका पदाधिकारी सहभागी थिए । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।