भारतीय ज्वाइँलाई छोरा भन्दै नेपाली नागरिकता दिने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतीय ज्वाइँलाई छोरा भन्दै नेपाली नागरिकता दिने पक्राउ

pakrau

राजविराज, ७ फागुन । भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते गरी नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएको आरोप लागेको हो ।

पक्राउ परेका साहले भारतको बिहार राज्यअन्तर्गत लौकही प्रखण्डको अन्धरामन्ठ थानाको नरेन्द्रपुर पञ्चायतका उनलाई नेपाली नागरिकता बनाइदिएको जाहेरीका खाधारमा नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको ज्वाइँलाई ०६३ माघ १४ गते नेपाली नागरिकता बनाइदिएका थिए । पक्राउ गरिएका साहका ज्वाइँ भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनायो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);