नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

tu nepal

काठमाडौं, २३ फागुन । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरिएको भेटिएपछि कीर्तिपुर नगारपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ ।

त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सा पास गरेको छैन । नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको स्पष्ट पारे । उनले भने, बल्ल जानकारी भयो, अब प्रक्रियामा जानेछौं । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);