चितवनको रत्ननगरमा डिजिटल घर नक्सापास प्रणालीको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चितवनको रत्ननगरमा डिजिटल घर नक्सापास प्रणालीको सुरुवात

चितवनको रत्ननगर नगरपालिका

चितवन, २२ जेठ । चितवनको रत्ननगर नगरपालिकाले नगरवासीहरुको सहजताका लागि डिजिटल घर नक्सापास प्रणालीको सुरुवात गरेको छ । सुचना तथा प्रविधिको क्षेत्रलाई विस्तार गर्ने क्रममा नगरपालिकाले बुधवारदेखि यो सेवाको सुभारम्भ गरेको हो ।

रत्ननगरका मेयर नारायण वनले सो सेवाको औपचारिक शुभारम्भ गरेका छन् । सो अवसरमा मेयर वनले नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउन डिजिटल घर नक्सापास सुरु गरिएको बताउनु भयो ।

परम्परागत रुपबाट नक्सा पास गराउँदा अपारदर्शी आर्थिक कारोबार हुने गरेको भन्ने गुनासो आइरहेको भन्दै मेयर वनले नयाँ प्रणालीले आर्थिक कारोबारलाई पारदर्शी, सरल र सहज बनाउन, नेपाल राष्ट्रिय भवन संहिता तथा भवन निर्माण मापदण्ड पालना गर्न सो प्रणाली सार्थक हुने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);