सगरमाथाको साउथकोलमा जम्मा गरेको फोहोर ल्याउन कठिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सगरमाथाको साउथकोलमा जम्मा गरेको फोहोर ल्याउन कठिन

sagarmatha sarsafai

काठमाडौं, २२ जेठ । सगरमाथा सफाई अभियानले सगरमाथाको साउथकोलमा संकलन गरेको फोहोर प्रतिकूल मौसमका कारण ल्याउन नसकेको स्पष्टिकरण दिएको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले अभियानले सगरमाथाको साउथकोलमा जम्मा गरेको फोहोर हिउँका कारण ल्याउन नसकिएको जानकारी दिनु भएको हो ।

सगरमाथा सफाईमा गत बैशाख १ गतेदेखि गएको सो टोलीले साउथकोलमा फोहोर संकलन गरेपनि हिउँ परेका कारण ल्याउन नसकेको पर्यटन विभागको भनाई छ । विभागका महानिर्देशक घिमिरेले सबै भन्दा बढि फोहोर भएको दोस्रो आधार शिविर सफाई गरिएको पनि बताउनु भयो ।

अभियानले हालसम्म ११ हजार केजी सडने फोहोर संकलन गरि स्थानीय रुपमै व्यवस्था गरिएको जनाएको छ । त्यसैगरी एक हजार केजी नसडने फोहोर भने काठमाडौं ल्याएर त्यसको उचित व्यवस्थापनका लागि ‘ब्ल्यू ओष्ट टु भ्यालू’ नामक संस्थालाई हस्तान्तरण गरिएको पनि महानिर्देशक घिमिरेले जानकारी दिनु भयो ।

सो अभियानको नेतृत्व खुम्बु पासाङ ल्हामू गाउँपालिकाले गरेको छ । अभियानका क्रममा संकलन गरिएको ४ वटा शव काठमाडौं ल्याइएको र त्यसको पहिचानको काम भईरहेको पनि विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);