कोहलपुर नगरपालिकामा २५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

कोहलपुर नगरपालिकामा २५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले वडा न २ स्थित प्राकृतिक शिक्षालयमा अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

हाल एक डाक्टर , दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी आवश्यक स्वास्थ्यकर्मीहरुको पदपुर्ति समेत गरिसकेको छ । साथै थप जनशक्ति परिचालनको लागि प्रदेश सरकारसँग माग गरिएको छ भने २५ वेड क्षमता भएको अस्पताल व्यवस्थापनमा झन्डै ३५ लाख रुपैँया लागत लागेको कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी चौधरीले बताएकी छन् ।

साथै २५ शैयाको अक्सिजन सहितको वेड तयार गर्ने तयारीमा रहेको उनले बताईन् । हाललाई भने विरामीहरुको सम्पूर्ण उपचार खर्च निशुल्क रहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);