उधोग वाणिज्य महासंघद्धारा कोभिड १९ सहायता केन्द्धको स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उधोग वाणिज्य महासंघद्धारा कोभिड १९ सहायता केन्द्धको स्थापना

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ ।महासंघको कार्यालयमा मुलुकमा बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले सहायता केन्द्र स्थापना गरेको हो ।

महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीको हालै बसेको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।केन्द्रलाई प्रभावकारी बनाउन अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल–आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रवीन श्रेष्ठ तथा अस्पताल व्यवस्थापनका लागि इ देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमलाई सम्पर्क व्यक्ति तोकी जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ ।

साथै एम्बुलेन्स÷आइशोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य, औषधि÷मेडिकल उपकरणका लागि प्रबलजङ्ग पाण्डे र भक्त हमाल तथा होटल÷हवाई यातायातका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको छ ।

केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गरी आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);