बेनिघाट-रोराङमा अक्सिजन सहितको २० बेड तयार, पालिकाको गाडीलाई एम्बुलेन्स बनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेनिघाट-रोराङमा अक्सिजन सहितको २० बेड तयार, पालिकाको गाडीलाई एम्बुलेन्स बनाइयो

धादिङ । धादिङको बेनिघाट–रोराङ गाउँपालिकाले अक्सिजनसहित २० बेडको आइसोलेशन तयार पारेको छ ।

कोभिड–१९ को महामारी बढ्दै गएपछि पालिकामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी सुरु गरिएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराईले बताए । गाउँपालिकाले मलेखु स्थित सामुदायिक भवनमा आइसोलेशन तयार पारेको हो ।

सो गाउँपालिकाले पालिकाका सम्पूर्ण स्वास्थ्य चौकीमा पनि आइसोलेसन बनाएको छ । यसका साथै अत्यावश्यक औषधि र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

संक्रमितको उपचारका लागि अन्यत्र लैजानु परेमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्सले नपुगेको अवस्थामा गाउँपालिकाको गाडी पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

पालिका भित्र कसैलाई कोभिड–१९ को लक्षण देखिएमा वा उपचारका लागि अन्यत्र लैजान परेमा गाउँपालिका अध्यक्षको सम्पर्क नम्बर ९५१२२९२२०, प्रमुख प्रशासकीय अधिकृतको ९८४७०३१०१ र स्वास्थ्य संयोजकको ९८४१५७२७७५ मा सम्पर्क गर्न पनि गाउँपालिकाले सूचना मार्फत अपिल गरेको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);