जसपा युवा नेता झाको ‘उठु मधेशी, जागु मधेसी’बोलको गित सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

जसपा युवा नेता झाको ‘उठु मधेशी, जागु मधेसी’बोलको गित सार्वजनिक

काठमाडौं । लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य केशव झाले मैथिली भाषाको गीत सार्वजनिक गरेका छन्। झाले ‘उठु मधेशी, जागु मधेसी’ बोलको गीत सार्वजनिक गरेका हुन्। उक्त बोलको गितमा झा स्वयमले शब्द र स्वर दिएका हुन् ।

भर्खरै सार्वजनिक भएको गितले पहिचान र स्वाभिमानलगायतका अधिकार हासिल गर्न थप सन्देश दिन खोजेको पाइन्छ । युवा नेताकारुपमा परिचित झाले भनेका छन्, ‘‘मधेश र मधेशी जनताका लागि भएका आन्दोलनका क्रममा आफूले भोगेका पीडालाई गीतको माध्यमद्धारा व्यक्त गर्न खोजिएको हो।”झाले यसअघि पनि नेपाली र मैथिली गीतहरूमा स्वर दिइसकेका छन् ।

Leave a Reply

ताजा समाचार