"रणवीर"को नयाँ गीत ‘मान्न चाहन्न’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

“रणवीर”को नयाँ गीत ‘मान्न चाहन्न’ सार्वजनिक

ranbir

काठमाडौं,  ७ माघ । चलचित्र ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि रिलिज भएको ‘तिरिमिरे तीन तारा…’ बोलको गीतले पाएको सफलतासँगै निर्माण टिमले दोस्रो गीत रिलिज गरेको हो । स्याड भर्जनमा रहेको ‘मान्न चाहन्न’ बोलको गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत हुर्कलस स्वयंमको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका दुई कलाकार सुशील सिटौला र सुपुष्पा भट्ट फिर्चड छन् । जहाँ सुपुष्पाले सुशिलको प्रेम प्रस्ताव टुक्राइएको र सोही कारण सुशील भौतारिएको देखाइएको छ ।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् भने उनै कथा, पटकथा र संवाद रहेको छ । चलचित्रमा सुशील र सुपुष्पाको अलावा सुभेच्छा खड्का, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल लगायतका काललकारको अभिनय रहेको छ । चलचित्रको ट्रेलर रिलिज भइसकेको छ ।

एक्सन र प्रेमले भरिएको रणविरलाई गोमा बिस्ट र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा महेश पौडेलको छायाँकन, कृण्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध र रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । यो चलचित्र माघ १८ गतेबाट रिलिजको तयारीमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);