रवि लामिछाने र निकिता पौडेलले गरे विवाह (ट्वीटर र फेसबुक स्टाटस सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रवि लामिछाने र निकिता पौडेलले गरे विवाह (ट्वीटर र फेसबुक स्टाटस सहित)

काठमाडौं, ७ माघ । सञ्चारकर्मी रवि लामिछानेले कानुनी रूपमा दोस्रो विवाह गरेका छन् । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग उनले दोस्रो विवाह गरेका हुन् । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको रवि लामिछानेले आफ्नो ट्वीटरबाट जानकारी गराएका छन् ।

रवि लामिछाने र निकिता पौडेल दुवै विवाहित महिला र पुरुष हुन् । रविले केही समयअघि श्रीमतीसँग डिभोर्स गरेका थिए । उनीे २५ वर्ष लामो वैवाहिक जीवनबाट अलग भएका थिए । रवि लामिछाने २ छोरीका बाबु हुन् । यसैगरी रविले विदेशी महिलासँगको सम्वन्धबाट एक छोरा जन्माएको पनि स्विकार गर्दै आएका छन् ।

निकिता पनि विवाहित महिला हुन् । उनले पूर्व पतिसँग डिभोर्स गरेर बसेकी थिइन् । निकिता एक छोरीकी आमा हुन् । उनले यस अघि नै छोरी जन्माएकी छन् । काठमाडौं जिल्ला अदालतमा पुगेर ‘कोर्ट म्यारिज’ गरेका रविले परम्परागत रुपमा आउँदो वैशाखमा विवाह गर्ने जनाएका छन् ।

रवि लामिछानेले आफ्नो ट्वीटरमा विवाहका बारेमा लेखेका शब्द उनकै भाषामा

 विवाहका बारेमा रविको फेसबुक स्टाटस

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);