थुनामुक्त गर्न माग गर्दै रवि लामिछानेले दिए रुपन्देही जिल्ला अदालतमा निवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

थुनामुक्त गर्न माग गर्दै रवि लामिछानेले दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

काठमाडौँ ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् ।

अदालतमा निवेदन दर्ता गरेका छन्। लामिछानेले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई थुनामा राखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् ।

रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि गृह मन्त्रालयले रोकेको छ ।

Leave a Reply