मन्त्रीपरिषद् बिस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मन्त्रीपरिषद् बिस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दायर

काठमाडौँ। दोस्रोपटक भएको मन्त्रीपरिषद् बिस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दायर भएको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा मुद्दा विचाराधिन रहेको समयमा गैरकानुनी रुपमा मन्त्रीपरिषद् बिस्तार गरेको भन्दै आइतबार निबेदन दायर गरेका हुन् ।

त्रिपाठीको निवेदन असार ८ गते इजलासमा पेश हुनेछ। यसअघि नै मन्त्रिपरिषद् बिस्तारविरुद्धको निवेदनलाई सर्वोच्चले दोस्रो सुनुवाइको पेशी तोकेकाले सोही दिन इजलासमा पेश गर्न लागिएको हो। सर्वोच्चले उक्त मुद्दामा माग गरेको लिखित जवाफसमेत पेश नगरी दोस्रोपटक मन्त्रीपरिषद् बिस्तार गरेकाले अब हुने संयुक्त इजलासले सबै खारेज गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);