प्रतिनिधिसभा सदस्यले लिए शपथ, चार सांसद आएनन् | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रतिनिधिसभा सदस्यले लिए शपथ, चार सांसद आएनन्

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा चार जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।  बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अनुपस्थित चार जना सांसदहरूको शपथ पछि हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);