माघ २९ मंगलबार ।
काठमाडौंको कमलपोखरीमा रहेको शानदार मस्म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् ।
उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो । गत बिहीबार मस्म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।




