प्रधानमन्त्री ओली नौ दिन लामो युरोप भ्रमणमा जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओली नौ दिन लामो युरोप भ्रमणमा जाने

pm oli

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औंपचारिक जानकारी गराएको हो ।

प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।

त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नुहुनेछ ।। बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले बेलायती समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नुहुने जानकारी दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);