सांसदले उठाए मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सांसदले उठाए मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि प्रश्न

ramkumari jhakri

काठमाडौं, १९ जेठ । सांसदहरुले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन् । आइतबार बसेको संसदको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी सम्बन्धि ब्यवस्था गर्न बनेको बिधेकमाथिको छलफमा समितिकी सदस्य रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्य क्षमता, कुशलता,र समन्वयमा अभाव देखिएको दावी पनि गर्नुभयो । उहाँले सचिवमा बढुवा हुन कम्तिमा पनि अधिकृत भएको २५ वर्ष पुग्नै पर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।

समितिकी सदस्य विमला विश्वकर्माले बन्द-हडतालमा उत्रने कर्मचारीलाई पदबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्नु भयो । समितिका अर्का सदस्य खगराज अधिकारीले भने चिकित्सकहरुलाई जथाभावी सरुवा नगर्न सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द-हडताल गर्न पूर्ण रुपमा प्रतिबन्ध गराउने बताउनुभयो । उहाँले इमान्दार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित चेतावनी दिनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);