विप्लवपनि नेकपामा जोडिनुको विकल्प छैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

विप्लवपनि नेकपामा जोडिनुको विकल्प छैन : प्रचण्ड

biplav-nekapa

काठमाडौं, १९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव आफ्नो पार्टीमा आउने दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो । चन्द नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पदम राईलाई आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बीच पार्टीमा प्रवेश गराउँदै दाहालले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दावी गर्नु भयो । उहाँले ‘चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख मात्रै हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले मुलुकमा समाजवादको आधार तयार पार्ने गरी सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । कार्यक्रममा राईले द्वन्द्वबाट देश र जनताको हित नहुने निष्कर्षमा पुगेपछि आफू नेकपामा प्रवेश गरेको बताउनु भयो ।

राईले पार्टी भित्र आफूले देश र जनताको हितका लागि सकेको योगदान दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);