प्रदेश २ मा एक चौथाई बजेट पनि खर्च हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश २ मा एक चौथाई बजेट पनि खर्च हुन सकेन

bajet

बटुकनाथ झा

धनुषा, २९ जेठ । प्रदेश नं. २ मा चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि अहिलेसम्म एक चौथाई पनि बजेट खर्च भएको छैन । कर्मचारी अभावका कारण बजेट खर्च हुन नसकेको प्रदेश सरकारका मन्त्रीहरुले बताएका छन् । प्रदेश २ का विभिन्न मन्त्रालय मध्ये सबैभन्दा धेरै मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बजेट खर्च गरेको छ ।

प्रदेश २ सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र चालु तर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको थियो । विनियोजित बजेट मध्ये प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन लाग्दा पनि जम्मा १७ प्रतिशत रकम खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु खर्च तर्फ २ अर्ब ६५ करोड ४६ लाख ३२ हजार तथा पुँजिगत खर्च २ अर्ब १६ करोड ७६ लाख ५२ हजार गरी कुल ४ अर्ब ८२ करोड २२ लाख ८४ हजार खर्च जानकारी दिएको छ ।

प्रदेश मन्त्रालयहरु मध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफु मातहतको बजेट ‘बेटी पढाउ बेटी बचाउ’ तथा ‘मुख्यमन्त्री स्वच्छा अभियान’ मार्फत बढी रकम खर्च गरेको छ । मन्त्रालय मध्ये भौतिक पुर्वाधार विकास मन्त्रालयले योजना अनुसारको ३० प्रतिशत मात्र काम भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा पनि मात्र तिस प्रतिशत काम गरेकोे मन्त्रालयलले आर्थिक वर्षको अन्त्य सम्म ६० प्रतिशतसम्म सकिने मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेको दावी छ ।

काम हुन नसक्दा प्रदेश सरकारले संचालन गरेको जनता आवाश कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । प्रदेश सरकारमा आवश्यक कर्मचारी अभावका कारण विकास निर्माणको कार्य हुन नसकेको प्रदेश सांसदहरुको भनाई छ ।

प्रदेश नम्बर २ मा मन्त्रालय सचिवहरुको पनि अभाव रहेको छ । देश संघीयता संरचनामा गएपनि कर्मचारी समायोजन र पदपूर्तिको प्रक्रिया प्रभावकारी हुन सकेको छैन । संघिय सरकारले समयमा कर्मचारको व्यवस्थापन गर्न नसकेकाले प्रदेश सरकारले विकास निमार्णको काम अगाडी बढाउन नसकेको प्रदेश सरकारका मुख्यमन्त्रीहरुले बताउदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);