सरकारले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी विधेयक ल्यायो : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी विधेयक ल्यायो : नेता सिंह

guthi bidek-prakashman singh

काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी विधेयक ल्याएको दावी गर्दै तत्काल फिर्ता लिन माग गर्नु भएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा काँग्रेस सांसद सिंहले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै सो विधेयक पुनः संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले निजी गुठीलाई राज्यले नियन्त्रण गर्ने गरी ल्याइएको विधेयक संविधान बिपरित भएको भन्दै त्यसलाई जनताले समेत नमान्ने दावी गर्नुभयो ।

सिंहले हजारौं वर्षदेखिको धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्दै आएको गुठी सम्बन्धि व्यवस्थालाई सरकारले खराव नियतका साथ हटाउन खोजेको आरोप पनि लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);