लोकसेवाको विज्ञापन तत्काल खोरज गर्न राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लोकसेवाको विज्ञापन तत्काल खोरज गर्न राजपाको माग

काठमाडौं, २९ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दवाव दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोक सेवा आयोगसँग पनि आग्रह गर्नु भएको छ । सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने उहाँको भनाई छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनः खुलाउने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पीछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यस अनुसार सो विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

नेता झाले सरकारले राज्य व्यवस्था तथा सुशासन समिलिते दिएको अनुसार सो विज्ञापन खारेज गर्न पहल नगरेर बाल हठ देखाएको आरोप पनि लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);