सत्ता साझेदार समाजवादी पार्टी, नेपाल पनि गुठी विधेयकको विपक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सत्ता साझेदार समाजवादी पार्टी, नेपाल पनि गुठी विधेयकको विपक्षमा

बाबुराम

काठमाडौं, २ असार । उपेन्द्र यादव नेतृत्वको सत्ता साझेदार समाजवादी पार्टी, नेपालले पनि गुठी विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानको प्रस्तावना प्रतिकूल हुने गरी आएको सो विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको हो । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संचारकर्मीमाझ उहाँले सो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ल्याउनुपर्नेमा अन्य मन्त्रालयले ल्याएकोमा पनि आपत्ति जनाउनु भयो ।

सहअध्यक्ष श्रेष्ठले गुठीको मर्ममाथि नै प्रहार हुने गरी आएको सो विधेयक मान्य नहुने पार्टीका अडान रहेको पनि बताउनु भयो । संविधानले गुठी विधेयकको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशलाई दिएकाले यसमा संघीय सरकारले कुनै कदम चाल्न नमिल्ने उहाँको तर्क छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);