विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन एकहप्ते अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन एकहप्ते अल्टिमेटम

bidhyarthi sanghathan-gas

काठमाडौं, २२ बैशाख । सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठनहरुले विद्यार्थीलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन ।

आइतबार अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्दै नेपाल आयल निगमलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिनु भयो । उहाँले एक हप्ता भित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिनु भयो ।

यता,नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताउनु भएको थियो । उहाँले विगतमा गरिएका सहमति हेर्ने र विद्यार्थीहरुको सोसम्बन्धि माग सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन पनि दुवै विद्यार्थी संगठनका नेताहरुलाई दिनु भएको थियो ।

नेपाल आयल निगमले गत बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैँयाका दरले मूल्य वृद्धि गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);