एलपी ग्याँस सहुलियत दरमा उपलब्ध गराउने तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

एलपी ग्याँस सहुलियत दरमा उपलब्ध गराउने तयारी

matrika yadav-lp gas

काठमाडौं, २५ भदौ । सरकारले एलपी ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएकाहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा एलपी ग्याँस उपलब्ध गराउने तयारी गरिरहेको जानकारी गराउनु भएको हो ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले आर्थिक रुपले सम्पन्न नागरिकका लागि मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा एलपी ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको स्पष्ट पार्नु भयो ।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गर्नु भयो ।