डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न कांग्रेसको माग

radeshyam adhikari-dengue-sankatkal

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधारण आतंकित बनेकोले तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद अधिकारीले ३ सय ५० रुपैँया मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैँया सम्म लिने गरेको तर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले डेंगु संक्रमणले महामारीको रुप लिईसकेको भन्दै प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसंग माग गर्नुभयो ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाडौंमा २ सहित ६ जनाको मृत्यु भईसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टा फैलिदै गएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);