डेंगु नियन्त्रणको पहल गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

डेंगु नियन्त्रणको पहल गर्न सांसदको माग

काठमाडौं,२८ असार । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गर नियन्त्रणका लागि पहल गर्न माग गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गर्नुभएको हो । उहाँले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरु समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);