देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छः सांसद पन्त | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छः सांसद पन्त

राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताउनु भयो । उहाँले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गर्नुभयो ।सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाउनु भयो ।

Leave a Reply

ताजा समाचार