ग्याँस व्यवसायीले अब बजारमा ग्याँस नपठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ग्याँस व्यवसायीले अब बजारमा ग्याँस नपठाउने

काठमाडौं, १९ फागुन । ग्याँस व्यवसायीहरुले फेरी ग्याँसको कृत्रिम अभाव सृजना गरी उपभोक्ता ठग्ने तयारी गरेका छन् । ग्याँस बेचे वापतको कमिशन बढी पाउनु पर्ने सहित १० बुुँदे माग राखी आन्दोलन गर्दै आएका ग्याँस व्यवसायीहरुले अब बजारमा ग्याँस नपठाउने निर्णय गरेका छन् । सरकारलाई दवाब दिएर उपभोक्ताबाट बढी रकम असुल्न उनीहरुले बजारमा ग्याँसको कृत्रिम अभाव बनाउन थालेका छन् ।

सरकारले आफ्नो माग पुरा नगरेको भन्दै आगामी फागुन २८ गतेदेखि देशभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरू पूर्ण रूपमा बन्द गर्नेे चेतावनी दिदै ग्याँस व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । वजारमा अहिले खाना पकाउने ग्याँसको कृत्रिम अभाव सृजना गरिएकोे छ । उद्योग सञ्चालन खर्चको आधारमा मुनाफा दिनुपर्ने, अनधिकृत रूपमा दिएका इजाजत खारेज गर्नुपर्ने, तराईका सबै स्थानहरूमा एउटै बिक्री मूल्य कायम गरिनुपर्ने, नेपाली नम्बरका ग्याँस बुलेट सञ्चालनका लागि आवश्यक पहल गरी निकास दिनुपर्ने, प्रमाणिकरण भएका सिलिण्डरको आधारमा कोटा थप गर्नुपर्ने लगायतका माग व्यवसायीहरुले राखेका छन् ।

ग्याँस उद्योग तथा विक्रेतामा परेको समस्याकावारेमा प्रतिवेदन तयार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिको म्याद सकिएको छ । ग्याँसको विक्री मूल्य लगायतका विवरण सरकारले माग्दा व्यवसायीले दिन मानेका छैनन् । उपपभोक्ता ऐन अनुसार अत्यावश्यकिय खाना पकाउने ग्याँसको आपूर्तिमा अवरोध गर्न पाइदैन । तर व्यवसायीले ऐनकै उल्लंघन हुने गरी ग्याँस ठप्प पार्ने चेतावनी उल्टै सरकारलाई नै दिंदै आएका छन् । खाना पकाउने ग्याँसको अभावले मानिसको जिवन कष्टकर हुने स्थिति व्यवसायीले निम्त्याउँदै छन् । सर्वसाधरण यसप्रति चिन्तित देखिएका छन् ।

एलपि ग्याँस उद्योग व्यवसायी र सरकारबीच वार्ता भयो तर सहमति हुन सकेन । व्यवसायीले बजारमा ग्याँस ठप्प पार्ने चेतावनी दिंदै आएको छ । नेपाल आयल निगमले यसको विकल्प दिएको छैन । निगमले यसको बिकल्प ग्याँसको कृत्रिम अभाव गराउने व्यवसायीहरुलाई कारवाही गर्ने देखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);