नेप्से परिसूचक ४.९५ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेप्से परिसूचक ४.९५ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १९ फागुन । साताको पहिलो दिन आईतबार शेयरबजार परिसूचक नेप्से ४ दशमलव ९५ अंकले घटेर एक हजार एक सय दशमलब पाँच आठ अंकमा पुगेको छ । १ सय ७४ कम्पनीका ८ लाख ७३ हजार ४ सय ९५ कित्ता शेयर ४ हजार ८ सय ४ पटकको कारोबारबाट २३ करोड ५३ लाख २० हजार ९ सय ४० रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब नौ दुई अंकले घटेर २ सय ३३ दशमलब आठ–आठ अंकमा बन्द भएको छ । आईतबार होटल र जीवन बीमा समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक ४दशमलव २३ र जीवन बीमा समूहको परिसूचक ५३ दलमलव ०८ अंकले उकालो लागेको हो ।

आईतबार सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको २ करोड ६० लाख ४ हजार ६ सय ५९ रुपैयाँको शेयर कारोबार भएको छ । आईतबार भागर्व विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलव ८४ प्रतिशतले कमाएका छन भने सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ८ दशमलव ६९ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);