ग्याँसको अभाव हुँदा उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ग्याँसको अभाव हुँदा उपभोक्ता मारमा

gas avab

राजेन्द्र सिहं

वीरगञ्ज, १० चैत । कोरोनाको उच्च जोखिम बढेपछि सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएको छ । अत्यावश्यक सेवालाई नियमित गरि अभाव हुन नदिन सरकारले निर्देशन गरेपनि वीरगञ्जमा दैनिक उपभोग्य सामाग्री ग्याँसको अभाव चुलिदै गएको छ ।

भारतले लगाएको जनता कफ्र्यसंगै सीमा बन्द भएपछि वीरगञ्जमा दैनिक उपभोग्य सामाग्री ग्याँस अभाव भएको छ । सरकारले अत्यावश्यक सेवा बन्द नगर्नु भनेपनि व्यवसायीहरुले ग्याँस बजार बन्द गरेपछि उपभोक्ताका दैनिकी असहज भएको छ । वीरगञ्जका उपभोक्ता दुइदिनसम्म लाइन बस्दा पनि ग्यासँ पाउन सकेका छैनन् ।

उपभोक्ताले ग्याँस पाएका छैनन् । ग्याँस नपाउदा दैनिक चुल्हो बल्न गाह्रो भएको छ । बिक्रेताहरुले ग्याँसको अभाव सिर्जना गरेका छन् । बजारमा ग्याँको अभाव भएपछि ग्याँसका लागि तछाडमछाड छ । तर, यता ग्याँस बिक्रेताहरुले भने कृत्रिम अभावको हल्ला मात्र भएको दाबी गर्दै आएका छन् ।

ग्याँस सबै स्थानमा सहजरुपले उपलब्ध नहुदा उपभोक्ताको चाप बढेको ग्याँस व्यवसायी नै स्विकार्छन् । ग्रामीण क्षेत्रमा ग्याँस नपुगेको बजारमा उपभोक्ताको चाप बढेकोले भीड बढेको ग्याँस बिक्रेता संघका सल्लाहकार गणशेमान श्रेष्ठले बताउनु भयो ।

बजारमा ग्याँस अभाव चुलिदै गएको छ । स्थानीय प्रशासनले अनुगमन गरेको बताउदै आएको छ । अनुगमन भएपनि बजारमा व्यवसायीहरुले सहजै उपभोक्तालाई बिक्री गरेका छैनन् । बजारमा कृतिम अभाव सिर्जना भएको छ । कृत्रिम अभाव सिर्जना गर्ने जो कसैलाई पनि कार्वाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताउनु भएको छ । बजार अनुगमन भईरहेकोले कसैले काला बजारी गरेको पाईएमा तुरुन्त नै कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी कार्काले चेतावनी दिनुभयो ।

वीरगञ्जमा व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेर महंगो मूल्यमा बिक्री गरिरहेका छन् । ग्याँस जस्तो अत्यावश्क माल वस्तुमा कालो बजारी गरे अढाई वर्ष कैदसंगै दश लाखसम्मको कानुनी कार्वाही हुने कालो बजार, केही सामाजिक तथा सजाय ऐन २०३२ मा व्यवस्था छ । यसर्थ महामारीको त्रासमा कालोबजारी गर्नेहरुलाई राज्यले दण्ड गरि सहज ग्याँसको उपलब्ध गराउन स्थानीय प्रशासनकोे मूख्य भूमिका हुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);