दुबै छिमेकी मुलुकसँगको सबै नाका बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दुबै छिमेकी मुलुकसँगको सबै नाका बन्द

kailali-naka

काठमाडौँ, १० चैत । नेपाल सरकारले दुबै छिमेकी मुलुकसँगको सबै नाका बन्द गरेको छ । आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बिहान १० बजेदेखि भारत र चीनसँग जोडिएका सबै नाका बन्द गरेको छ ।

यसैक्रममा कञ्चनपुरको गड्डाचौकी नाकाको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी कञ्चनपुर जिल्ला नै गएराति १२ बजेदेखि लक डाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि लकडाउन गरिएको हो । लकडाउनका कारण सदरमुकाम महेन्द्रनगर, ब्रम्हदेब, दोधाराचाँदनी, दैनी, बेलडाँडी, बेलौरी, पुनर्वास लगायतका क्षेत्रहरुको बजार बन्द भएका छन् । अतिआवश्यक काम बाहेक सर्वसाधारणलार्य बजारमा आवतजावतमा समेत रोक लगाइएको छ ।

यसअघि कोरोना संक्रमणको त्रासका कारण दैनिक हजारौँको संख्यामा भारतबाट नेपाल आएका थिए । गएको शनिबार मात्र १६ हजार भन्दा बढी सीमा वारी आएका थिए । शनिबारको तुलनामा आईतबार ९३ प्रतिशतले स्वदेश फर्किने नेपाली घटेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);