फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना पोजिटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना पोजिटिभ

corona press

काठमाडौँ, १० चैत । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छ । फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको हो । उताबाट आएपछि उहाँलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

उहाँसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिनुभयो। उहाँ होम क्वारेन्टाइनमा रहँदा उहाँले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए । संक्रमित व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उहाँले बताउनु भयो ।

युवतीसँगै विमानमा को(को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);