कोरोना संक्रमित युवतीसँगै नेपाल आएका पाँच जना क्वारेन्टाइनमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका पाँच जना क्वारेन्टाइनमा

corona virous

झापा, १३ चैत । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका – १ निवासी एक व्यक्तिसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ ।

कतार एयरवेजको ‘क्यूआर ६५२’विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै वाह्रदशी गाउँपालिका १ खयरवारीका एक युवा पनि नेपाल आएका थिए ।

सामाजिक सञ्जालमा ‘क्युआर ६५२’ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि बाह्रदशी गाउँपालिकाले उनलाई आजबाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका – ३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिनुभयो ।
कतारबाट नै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले आजदेखि क्वारेन्टाइनमा राखेको छ ।

क्वारेन्टाइनमा राखिएका ती युवाहरुले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवार लगायत अरुलाई नआत्तिन सुझाव दिएका छन् ।

यता झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वास्थ्य रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);