विज्ञको सुझावअनुसार नै कोरोना रोकथाम र नियन्त्रण : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विज्ञको सुझावअनुसार नै कोरोना रोकथाम र नियन्त्रण : मन्त्री ढकाल

bhanubhakta dhakal

काठमाडौं, २२ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताउनुभएको छ । जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्वपूर्ण साथ रहेको भन्दै उहाँले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गर्नुभयो । मन्त्री ढकालले कोभिड–१९ का विरूद्ध नेपालले गरेको तयारीका बारेमा बिहीबार आफूले विश्व स्वास्थ्य सङ्गठन

(डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठनका सदस्य राष्ट्रबीच छलफल भएको समेत उल्लेख गरेको जानकारी गराउनुभयो । उहाँले अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोभिड–१९ नदेखिएको भन्दै ती व्यक्तिबाट अरूमा कोरोना सर्न नदिनका लागि काम भइरहेको बताउनुभयो । उहाँले नेपाल र भारतको सीमामा रहेका नागरिकका लागि दुवै देशले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने विषयमा पनि काम भइरहेको जानकारी दिनुभयो ।

छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले अर्बाैं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को नमूना परीक्षण कम्तीमा दैनिक एक हजार जनाको गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राख्नुभयो ।

जनस्वास्थ्य विज्ञ डा अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै कोभिड–१९ संसारकै लागि नौलो भएकाले वैज्ञानिकसमेत अन्योलमा रहेको बताउनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमितमध्ये ८० प्रतिशतमा सामान्य मात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामना गर्नुपर्ने बताउनुभयो ।

छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, प्रा डा शरद वन्त, डा दीपेन्द्ररमण सिंह, डा प्रदीप वैद्य, डा केदारप्रसाद बराललगायत विज्ञको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);