बहराइनमा रहेका नेपालीको अवस्था बारे प्रधानमन्त्री ओलीद्वारा चासो प्रकट | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बहराइनमा रहेका नेपालीको अवस्था बारे प्रधानमन्त्री ओलीद्वारा चासो प्रकट

pm oli

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो राख्नु भएको छ । विश्वभरी कोरोना भाइरसको महामारीको प्रकोप बढीरहेको बेला बेलामा शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षी खलिफा बिन सलमान अल खलिफासँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले यसबारे बारेमा आफ्नो आधिकारिक ट्वीटर मार्फत् जानकारी दिनुभएको हो । बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ ।

नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहराइनका प्रधानमंत्रीसँग फोन संबाद गरेको र त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरेंको प्रधानमन्त्री ओलीको ट्वीटमा जनाइएको छ ।

ओलीले यसैगरी अरु देशमा रहेका नेपालीहरुको अवस्थाको बारेमा सम्बन्धित सरकार प्रमुखसँग समेत छलफल जारी राख्ने बताउनु भएको छ ।
oli-tweet covid

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);