बहराइनका प्रधानमन्त्री खालिफाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बहराइनका प्रधानमन्त्री खालिफाको निधन

एजेन्सी, २६ कार्तिक । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ। बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत् जानकारी दिएको छ ।

८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो । उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ।

बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन् । भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ।

बहराइनको राजपरिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । पाँच दशक सम्म बहराइनका प्रधानमन्त्री रहेका उनी संसारमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने व्यक्ति हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);