तेस्रो हारसँगै यु-२० को छनोट सम्भावना सकियो | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

तेस्रो हारसँगै यु-२० को छनोट सम्भावना सकियो

काठमाडौं। बहराइनसँग ६-० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ।

बहराइनमा जारी छनोटको समूह ‘बी’ मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो ।बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु परेकाे हाे । बहराइनका मोहमद अलीले १८औं मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको प्रहार नेपाली डिफेन्डर सुमित श्रेष्ठको हातमा लागेपछि घरेलु टिमले पेनाल्टी पाएको थियो ।सोही पेनाल्टीको सदुपयोग गर्दै बहराइनी कप्तान अब्दुल्लाह सुल्तानले घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेट नबित्दै बहराइनका अब्दुलरहमान गड्बानमाथि खराब फाउल गरेपछि नेपाली डिफेन्डर अमर श्रेष्ठलाई म्याच रेफ्रीले रातो कार्ड देखाएका थिए ।अमरको रातो कार्डसँगै १० जनामा सीमित भएको नेपालविरुद्ध हाबी भएको बहराइनले ३७औं मिनेटमा पुनः गोल ग-याे । साद अब्दुल्लाले गोल गर्दै मध्यान्तरअघि घरेलु टिमको अग्रता २-० को पारे ।नेपाली टिमले दोस्रो हाफमा थप चार गोल खायो । ६७औं मिनेटमा गड्बानले हेडरमार्फत गोल गर्दै बहराइनको अग्रता ३–० मा लम्ब्याएका थिए । अब्दुल्लाह अलीले ८४ र ८८औं मिनेटमा लगातार दुई गोल गरे। इन्जुरी समयमा मुबारक मोहमदले सोलो गोल गर्दै बहराइनका लागि ६–० को फराकिलो जित सुनिश्चित गरे । बुधबार राति नै भएको समूह “बी”को अर्को खेलमा कतारले भुटानमाथि ६–० कै जित निकालेको थियो।

जितसँगै कतार ६ अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । समान दुई खेलबाट चार अंक जोडेको बहराइन दोस्रो तथा बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ । यस्तै, पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पाँचौं स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगालदेशसँग खेल्ने छ।

Leave a Reply