नेकपा सचिवालय बैठक बोलाउन नारायणकाजीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा सचिवालय बैठक बोलाउन नारायणकाजीको माग

nekapa sachiwalay baithak

काठमाडौं, २२ चैत । कोरोना भाइरस(कोभिड–१९)  रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय र तयारी एकपछि अर्को गरी विवादमा तानिएपछि सत्तारुढ दल नेकपाभित्र पार्टी बैठक बोलाउन माग भएको छ ।

सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका हुन् । पछिल्लो पटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन ।

पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शनिबार ट्वीटमार्फत पार्टी सचिवालयको बैठक बस्न माग गर्नुभएको छ । उहाँको ट्वीटमा आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको भएपनि स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्ने उल्लेख छ ।

प्रवक्ता श्रेष्ठले छिट्टै सचिवालय बैठक बस्ने विश्वास पनि व्यक्त गर्नु भएको छ । पार्टी सचिवालयका अन्य नेताहरुलेसमेत सचिवालय बैठक बोलाउन भन्दै दुवै अध्यक्षसँग आग्रह गरेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);