सीमा नाका बन्द गर्ने सरकारी निर्णयको राजपाद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सीमा नाका बन्द गर्ने सरकारी निर्णयको राजपाद्वारा स्वागत

rajapa

काठमाडौँ, १० चैत । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो ।

सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो । राजपा अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सीमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।

संयोजक भण्डारीले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर जीवनयापन गर्न पनि अग्रह गर्नुभयो । उहाँले सरकारले दिएको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);