सिसिएमसीले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

सिसिएमसीले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय

काठमाडौँ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सिसिएमसीले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउन र बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै बैठकले निषेधाज्ञा लागु भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस पनि गरेको छ ।

सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने , उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै राख्नुपर्ने , नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि बैठकले गरेको छ ।

विदेशबाट नेपाल आएका विदेशीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र र नमाने डिपोट गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply